|

काठमाडौं : नेपाल‚ भुटान र लाओस सम्मिलित प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको पहिलो खेलमा अहिले नेपाल र लाओसबीच प्रतिस्पर्धा शुरु भएको छ।

चैत ८ गते देखि १७ गतेसम्म हुने खेलको उद्घाटन बुधबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएपछि नेपाल र  लाओसको खेल शुरु भएको हो।

सन् २०१६ मा भएको एएफसी सोलिडारिटी कपको सेमिफाइनलमा नेपाल र लाओसबीच प्रतिस्पर्धा भएको थियो। त्यसयता नेपाल र लाओस ७ वर्षपछि फेरि भिड्दैछन्। सिंगल राउन्ड रोबिनका आधारमा हुने यस प्रतियोगिताका उत्कृष्ट दुई टोलीले यही चैत १७ गते फाइनल खेल्नेछन्।

प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टोलीले ५ हजार अमेरिकी डलर र दोस्रो हुने टोलीले ३ हजार अमेरिकी डलर पुरस्कार पाउनेछन्।

प्रतियोगिता प्रत्यक्ष प्रशारण नेपाल टेलिभिजनको एनटिभी प्लसले गर्नेछ। यसअघि नेपालले २०७७ सालमा बंगलादेश र किर्गिस्तानलाई समेट्दै थ्री नेसन्स कपको आयोजना गरेको थियो। फाइनलमा बंगलादेशलाई हराउँदै नेपाल च्याम्पियन बनेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.