|

काठमाडौं : नेपालमा ०.४६ प्रतिशत भारतीय र ०.०१ प्रतिशत चिनियाँ नागरिक बसाेवास गर्दै आएका छन्।

राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार जनगणनामा नेपालभित्र अक्सर बसोवास गर्ने स्वदेशी तथा विदेशी सबैको विवरण संकलन गरिएको छ।

विवरण विश्लेषण गर्दा ९९.५३ प्रतिशत व्यक्तिहरू नेपालको नागरिक रहेको तथ्यांक कार्यालयले जनाएको छ।

‘बाँकी व्यक्तिमध्ये ०.४६ प्रतिशत भारतीय, ०.०१ प्रतिशत चिनियाँ र ५८० जना सार्क देशका (भारतीय बाहेक) रहेका छन्’‚ कार्यालयले शुक्रबार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को तथ्यांकमा उल्लेख छ।

यसैगरी ०.०१ प्रतिशत अन्य देशका नागरिक रहेको पनि कार्यालयले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.