|

काठमाडौं : नेकपा माअ‍ोवादी केन्द्र लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ। आइत्बार माओवादीका मन्त्रीहरूले मुख्यमन्त्री लीला गिरी नेतृत्वको सरकारबाट राजीनामा दिएका हुन्।

गिरीलाई एमालेका २९, माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी पार्टीका ३, जनमत पार्टीका ३ जना, लोकतान्त्रिक समाजवादी पार्टीका ३ जना र स्वतन्त्र २ जना गरी ५८ सांसदको समर्थन रहेको थियो।

माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री गिरीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानुनी व्‍यवस्था छ। लुम्बिनीमा सरकार गठनका लागि ४४ सिट आवश्यक पर्छ। माओवादी केन्द्रको १० सिट घटेसँगै गिरीलाई सरकार टिकाउन सजिलो छैन।

अब नयाँ गठबन्धनको सरकार बन्ने सम्भावना रहेको छ। नेपाली कांग्रेसले सरकारको नेतृत्व लिने सम्भावना छ।  सरकार गठनका लागि नयाँ गठबन्धनसँग स्पष्ट बहुमत छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.