|

काठमाडौं : गत २४ घन्टामा देशभर ४२ जना कोभिड १९ का संक्रमित भेटिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार यो अवधिमा गरिएको ११५ जनाको नमूना परीक्षणमा ४२ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना सक्रिय संक्रमितको संख्या १२३ पुगेको छ। 

 आज १७ जना संक्रमित संक्रमण मुक्त भएका छन्। पछिल्लो एक हप्तायता नेपालमा कोभिड संक्रमणदर पुनः उकालो लागेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.