|

काठमाडौं : खानेपानी मन्त्री अब्दुल खानले राजीनामा दिने तयारी गरेका छन्। 

मन्त्रिपरिषद विस्तार गर्न लागेकै बेला खान राजीनामा दिने मनस्थितिका साथ बालुवाटार पुगेका छन्। खानले अहिले प्रधानमन्त्रीसँग छलफल गरिरहेको जनमत पार्टीका नेता बीपी साहले बताए। 

सिके राउत नेतृत्वको जनमत पार्टीले सुरुदेखि नै उद्योग मन्त्रालयमा दाबी गर्दै आएको थियो । खानेपानी मन्त्री नियुक्त भएपछि पनि झण्डै एक महिना खान कार्यभार सम्हाल्नै गएका थिएनन्। 

अहिले मन्त्रिपरिषद विस्तार हुँदा उद्योग मन्त्रालय पाउने भनिए पनि नदिएपछि उनले राजीनामा दिने तयारी गरेको बताइएको छ । 

‘सरकारमा बसेर पनि काम नहुने हो भने किन बस्ने भन्ने छ, अहिले मन्त्रीज्यूले प्रधानमन्त्रीज्यूसँग छलफल गरिरहनुभएको छ’, साहले थाहाखबरसँग भने, ‘नीति तथा कार्यक्रममा समेटिएका विषयमा कार्यान्वयन भएन। हामीले उठाएका माग मुद्दामा पनि कुनै चासो नभएकाले सरकारमा बस्नुको औचित्य पुष्टि गर्न गाह्रो भइरहेको छ।’

अहिले जनमत पार्टीलाई एक राज्यमन्त्री थप दिने समझदारी गठबन्धनमा भएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.