|

बैतडी : दशरथचन्द नगरपालिका १० खडेनीका २५ वर्षीय जीवन बुडालको हत्याका आरोपित चारजनालाई कारागार चलान गरिएको छ।  

जिल्ला न्यायधीश जयानन्द पनेरुको इजलासले पक्राउ परेका १६ जनामध्ये चारजनालाई पुर्पक्षका लागि कारागार चलान, छ जनालाई धरौटीमा रिहा र छ जनालाई साधारण तारेख  छाड्न आदेश दिएको हो ।

गत फागुन १३ गते वनभोज मनाउन दोगडाकेदार गाउँपालिका ४ जाडाबगरस्थित चौलानी नदी किनार गएका जीवन सोही  राति नदीमा मृत अवस्थामा फेला परेका थिए । राष्ट्रिय अनुसन्धान बझाङमा सहायक सूचक रहेका बुडाल बिदामा घरमा आएका वेला वनभोज गएका थिए ।

बुडाल नदीमा  मृत भेटिएपछि पत्नी अनिषाले कर्तव्य ज्यान मुद्दामा पिकनिक मनाउन गएका १२ जनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन्। त्यसको केही दिनमै त्यसको केही दिनमै शव भेटिएको स्थाननजिकै विस्फोटक पदार्थ फेला परेको थियो ।

हत्या आरोपमा पक्राउ परेकामध्ये नारायण सिंह ऐरी (मृतकका भिनाजु), अर्जुन सिंह रावल, भीम सिंह ठगुन्ना र गजेन्द्र सिंह रावललाई पुर्पक्षका लागि कारागार चलान गरिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए। 

यस्तै दिपेन्द्रसिंह ऐरी, पुष्पराज भट्ट र टेकसिंह खत्रीलाई कर्तव्य ज्यान मुद्दामा जनही एक लाख ५० हजार र विस्फोटक पदार्थ कसूर मुद्दामा जनही ५० हजार गरेर दुई लाख र  गणेश सिंह कार्की बिस्फोटक पदार्थ कसुर मुद्दामा १ लाख ५० हजार धरौटीमा  रिहा भएका छन्। नवीनसिंह ठगुन्ना र श्याम सिंह ऐरी कर्तव्य ज्यान मुद्दामा जनही ५० हजार र विस्फोटक पदार्थ कसुर मुद्दामा ५० हजार गरी जनही एकलाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्। 

पक्राउ परेकामध्ये मोहनसिंह ठगुन्ना, केशव सिंह रावल,भुवनराम लुहार,कमलसिंह कार्की, टेकराम तिरुवा र मोहनसिंह महता साधारण तारिखमा रिहा भएका  जिल्ला प्रहरी कार्यालयले जनाएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.