|
मेलौली–१ का वडाध्यक्ष शरद सिंह नेगी

बैतडी : मेलौली नगरपालिका–१ का वडाध्यक्ष शरद सिंह नेगीमाथि कुटपिट भएको छ।

वडा कार्यालयमा कार्यरत कार्यालय सहयोगी ४२ वर्षीय जनार्दन नेगी र उनका छोरा २३ वर्षीय पारस नेगीले वडाध्यक्षमाथि कुटपिट गरेका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।  

गएराति साढे ९ बजेतिर  वडा नं. १ कै जिरो प्वइन्टमा रहेको बजारको एक पसलमा  बुबाछोराले अध्यक्षमाथि कुटपिट गरेको बताइएको छ। वडाध्यक्ष नेगीका चार वटा दाँत भाँचिएको बताइएको छ। उनलाई उपचारको लागि डडेल्धुरा अस्पताल लगिएको छ।  

वडाकै आन्तरिक विषयमा विवाद  हुँदा अध्यक्षमाथि कुटपिट भएको हो। कुटपिट गर्ने बुबाछोरालाई नियन्त्रणमा लिएको  जिल्ला प्रहरी कार्यालय बैतडीले  जनाएको छ।  घटनाबारे थप अनुसन्धान भइरहेको  जिल्ला प्रहरी कायालय बैतडीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.