|

काठमाडौं : नचाहिने कपाल सेभ गर्दा धेरै पटक हाम्रो छाला काटिन्छ। तपाईंले पनि धेरै पटक गर्नुभयो होला। तपाईंले सेभिङ गर्न र यसको गम्भीरता कम गर्न विभिन्न उपाय अपनाउन सक्नुहुन्छ। तपाईंले भविष्यमा यस्तो पीडादायी अवस्थाको सामना गर्नु नपरोस्।

कसरी आफूलाई सेभिङ गर्दा काटिनबाट जोगाउने? 
१. सधैं नुहाउने क्रममा सेभिङ गर्नुहोस्। यसो गर्दा छाला नरम हुन्छ। यसले काट्ने जोखिम कम गर्नेछ। धेरैजसो अवस्थामा सुक्खा छालामा सेभिङ गर्दा घाउ हुने गर्छ।
 २. सधैं नयाँ ब्लेड प्रयोग गर्नुहोस्। पुरानो ब्लेडको किनारा कमजोर हुन्छ्। जसका कारण सेभ गर्दा काट्ने खतरा हुन्छ। 
३. सेभ गर्दा सावधान रहनुहोस्। हतारमा सेभ नगर्नुहोस् र यदि छाला सुक्खा छ भने पानीले भिजाएर मात्र गर्नुहोस्। छालामा फोम, क्रिम या साबुन पनि प्रयोग गर्न सकिन्छ।

काटिएको कसरी निको पार्ने?
 १. धाराको पानीबाट काटिएको क्षेत्र धुनुहोस्। यसो गर्दा घाउ भएको ठाउँमा जम्मा भएको फोहोर सफा हुन्छ।
 २. रक्तस्राव बन्द नभएसम्म सफा कपडा वा टिस्युले काटिएको ठाउँमा थिच्नुहोस्। 
३. आइस क्यूब पनि रक्तस्राव नियन्त्रण गर्न प्रयोग गर्न सकिन्छ। बरफले जलन र दुखाइलाई धेरै हदसम्म कम गर्न सक्छ। 
४. संक्रमणबाट बच्न काटिएको ठाउँमा एन्टिबायोटिक औषधि लगाउनुहोस्। 
५. सही मोइस्चराइजर प्रयोग गर्नुहोस् । मोइस्चराइजरले तपाईको छालालाई नरम राख्न मद्दत गर्छ।
६. घाउ निको नहुँदासम्म सोही ठाउँमा सेभ नगर्नुहोस्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.