|

बुटवल : सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडक आजदेखि दैनिक ९ घण्टा अवरुद्ध हुने भएको छ। सिद्धबाबा सुरुङ मार्ग निर्माणको काम अघि बढेकाले आजदेखि दैनिक ९ घण्टा सडक बन्द हुने भएको हो। 

आजदेखि हरेक दिन बिहान ११ देखि दिउँसो २ बजे तथा राति १० देखि बिहान ४ बजेसम्म सडक अवरुद्ध हुने आयोजनाले जनाएको छ। निर्माण व्यवसायी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले रामापिथेकस पार्क नजिकैको क्षेत्रमा सडक डाइभर्सनको कार्य सुरु गरेको र माथि पहराबाट खुकुला ढुंगाहरु खस्ने हुँदा सडक सञ्चालनमा जोखिम हुने भएकाले सडक बन्द गर्नु परेको हो। अर्को सूचना जारी नभएसम्मका लागि सडक बन्द गरिएको आयोजनाले जनाएको छ।

सडकमा एम्बुलेन्सलगायत अत्यावश्यकीय सवारी साधन सञ्चालनमा भने अवरोध नहुने जनाइएको छ। सुरुङ मार्गको पूर्व तयारीका लागि यसअघि फागुन १३ देखि २७ गतेसम्म दैनिक ८ घण्टा सडक बन्द गरिएको थियो। सिद्धबाबादेखि पाल्पातर्फ १ हजार १२६ मिटर लामो दुरीको सुरुङ मार्ग निर्माणका लागि ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.