|

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय गानको अगाडि धुन नबजाउन सरकारसँग आग्रह गरेका छन्। 

बुधबार बारामा भएको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले गान अगाडि प्याप्या‘धुन राष्ट्रिय गानबाट हटाइनुपर्ने बताएका हुन्। 

‘राष्ट्रिय गान गाउँदा छातीमा हात लगाउने हाम्रो प्रचलन होइन र छैन। म एउटा कुरा सरकारलाई आग्रह गर्न चाहन्छु राष्ट्रिय गान अगाडि प्याप्या‘धुन बजाउँछ। सयौं थुंगा फूलका हामी‘ भन्ने भन्दा अगाडिको धुन राष्ट्रिय गानबाट हटाइनुपर्छ। त्यो राष्ट्रिय गानभित्र पर्दैन। र, राष्ट्रिय धुन पनि होइन। अगाडि बजाइने बाजा राष्ट्रिय गानमा पर्दैन म सरकारको ध्यानाकर्षण गराउँछु। सरकारले यस्ता कुरामा ध्यान दिओस्। राष्ट्रियगान शब्दको धुनमा सुरु हुन्छ र शब्दको धुनमा अन्त्य हुन्छ,’ उनले भने।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.