विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने गरी निर्वाचन ऐन ल्याउने
विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने गरी निर्वाचन ऐन ल्याउने
काठमाडौँ : सरकारले पूर्णता पाएको ६ महिनाभित्र नागरिकता विधेयक पारित गर्ने बताएको छ। आज सार्वजनिक गरिएको सरकारको न्यूनतम साझा कार्यक्रममा कुनै पनि नागरिकलाई नागरिकताविहीन नरहने गरी विधेयक पारित गर्ने उल्लेख छ।
सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचनामन्त्री रेखा शर्माले प्रधानमन्त्रीसहित गठबन्धनका शीर्ष नेतासमक्ष नीति कार्यक्रम प्रस्तुत गर्दै नागरिकता विधेयक पारित हुने भाका सुनाएकी हुन्।
विदेशमा रहेका नेपालीहरूले मतदान गर्न पाउने गरी निर्वाचन ऐन बनाउने बताएको छ। राजस्वको दायरा बढाउन अनौपचारिक क्षेत्रलाई पनि समेटिने उनले बताएकी छन्।
यसैगरी किसानलाई पेन्सन दिने लगायतका कार्यक्रममा पनि समेटिएको छ। सरकारको न्यूनतम साझा कार्यक्रममा आर्थिक अवस्था सुधार, संक्रमणकालीन न्यायका प्रक्रियालाई पूर्णताका साथै जनजीविका, कृषि, पर्यटन र ऊर्जा क्षेत्रलाई प्राथमिकतामा राखिएको छ।
आज बिहान बालुवाटारमा बसेको गठबन्धनको बैठकले सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रममा सैद्धान्तिक र नीतिगत सहमति जुटाएको थियो ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।