संक्रमणकालीन न्यायसम्बन्धी मुद्दा

|

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संक्रमणकालीन न्याय सम्बन्धी मुद्दाको टुंगो लगाउन मध्यमार्गको विकल्प अपनाउने बताएका छन्।

यसैगरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संक्रमण कालीन न्यायसम्बन्धी विधेयक समितिमा नगईकन नटुंगिने स्पष्ट पारेका छन्।

शनिवार सिंहदरबारस्थित सभामुखको कार्यालयमा बसेको शीर्ष तीन दलका नेताहरूको बैठकपछि सञ्चारकर्मीसँग कुरा प्रधानमन्त्री प्रचण्ड र ओलीले फरक फरक धारणा राखेका हुन्।

प्रचण्डले बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक, संवैधानिक परिषद्सँग सम्बन्धित विधेयक र सम्पत्ति शुद्धिकरण सम्बन्धी विधेयकलाई छिटो टुंग्याउने भन्ने बारेमा छलफल भएको जानकारी दिए। उनले चैत २८ गते विज्ञहरूसँग बसेर यसको प्राविधिक पाटो पनि टुंग्याउने बताए।

प्रचण्डले भने, ‘सदनभित्रको टिआरसीसँग सम्बन्धित विधेयक, संवैधानिक परिषद्सँग सम्बन्धित विधेयक र सम्पत्ति शुद्धिकरण सम्बन्धी विधयेकलाई छिटो टुंग्याउन छलफल भयो।  हामी सरकारमा बसेकाहरूले फास्ट ट्रयाकबाट टुंग्याउने भनेका छौँ। प्रतिपक्षले समितिमा लैजाने कुरा छ, बीचको बाटो खोज्ने भन्ने पनि छ।’

प्रधानमन्त्री दाहालले सरकार पक्षधर राजनीतिक दलहरूले भने संक्रमणकालीन न्यायसम्बन्धी विधेयक फास्ट ट्रयाकबाट नै टुंग्याउने पक्षमा रहेको खुलासा गरे।ओलीले छलफलमा संसद्लाई गतिशील बनाउने कुरामा छलफल भएको बताए। उनले अहिलेको बैठक प्रारम्भिक रहेको र बैठक सकारात्मक रहेको बताए।

ओलीले भने, ‘सदनलाई कसरी प्रभावकारी र गतिशील ढंगले बढाउने र अहिले आएका समस्यालाई कसरी समाधान गर्ने भन्ने सन्दर्भमा छलफल भयो। समितिमा कुनै न कुनै हिसाबले जानैपर्छ। दुई तीन दिनभित्र अर्को बैठक बस्छ।’

अध्यक्ष ओलीले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक कुनै न कुनै हिसाबले समितिमा लैजानैपर्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.