|

काठमाडौं : रुसको कब्जामा रहेका युक्रेनी बालबालिका घर फिर्ता भएका छन्। रुस नियन्त्रित क्रिमियाबाट तीसभन्दा बढी बालबालिका युक्रेन फिर्ता भएका हुन्।

युद्धको दौरान रुसी सैन्य बलले कब्जा गरेको युक्रेनी क्षेत्रबाट उनीहरुलाई बन्धक बनाइएको थियो। युक्रेनको छिमेकी देशहरुमा रहेका ती बालबालिका जटिल उद्दार गर्ने मिसनको क्रममा फिर्ता भएका हुन्।

युक्रेनले १९ हजार पाँच सय बालबालिका रुस वा रुस नियन्त्रित क्रिमियामा युद्धपछि लगेको जानकारी दिएको छ। युक्रेनले गैरकानूनी अपहरणको निन्दा गरेको छ।

बालबालिकाले रुसले आफ्ना अभिभावकहरु खोजी नगरेको र अमानवीय व्यवहार गरेको गुनासो गरेका छन्। केही बालबालिकालाई पाँच महिनामा पाँच पटक स्थान परिवर्तन गरिएकोबारे रुसी परराष्ट्र मन्त्रालयले कुनै पनि टिप्पणी गर्न चाहेन।

द्वन्दग्रस्त क्षेत्रहरुबाट बालबालिका र अनाथको सुरक्षाको लागि अभिभावकको सहमतिमा लगिएको भन्दै रुसले मानवीय अभियान भएको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.