|

काठमाडौं : तनहुँको आँबुखैरनीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनको मृत्यु भएको छ।  

बेंसीशहरबाट काठमाडौं जाँदै गरेको ग २२ प ९८२३ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आइरहेको ग १ ख ९४०२ को बस तनहुँको आँबुखैरनी गाउँपालिका ४, मर्स्याङ्दी जलविद्युत आयोजनाको विद्युतगृह नजिकै ठोक्किदा लमजुङको दूधपोखरी गाउँपालिका–६, का ३० वर्षीय सन्तोष गुरुङको मृत्यु भएको  प्रहरीले जनाएको छ। 

सोमबार साँझ दुर्घटनामा परेर दोर्दी गाउँपालिका ५, पाचोकका भिमसेन गुरुङ गम्भीर घाइते भएका छन्। घाइते भिमसेनको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा  उपचार भइरहेको तनहुँका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाणले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.