|

काठमाडौं : सिन्धुलीको कमलामाइ नगरपालिकास्थित बिपी राजमार्गमा भारतीय कार दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। 

गएराति गढी गेट नजिकै काठमाडौं आउँदै गरेको बी आर ०६ डिडि ०६८७ नम्बरको कार रोडबाट तल खस्दा तीन जनाको घटना स्थलमै र एक जनाको उपचारको क्रममा जिल्ला अस्पताल सिन्धुलीमा मृत्यु भएको हो।

मृत्यु हुनेहरुमा भारत बिहारको भगवती स्थान वडा नम्बर ८ मन्डिपुरसाडी समष्टिपुर वारेसनगरका ४२ वर्षका गबर सिंह, ३६ वर्षका मनु सिंह, ३३ वर्षका राकेश कुमार सिंह र ३२ वर्षका अभिषेक सोनार रहेका प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए।  

उनका अनुसार अर्का घाइते ४७ वर्षका धर्मेन्द्र कुमार सोनीलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ। उनको टाउकोमा गहिरो चोट लागको छ। पाँच जना सवार कार सडकबाट ५ सय मिटर भन्दा तल खसेको प्रहरीले जनाएको छ। मृतकको शव घटनास्थलबाट निकालेर पोष्टमार्टमका लागि अस्पताल पठाइएको  छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.