|

काठमाडौं : युरोपा लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा म्यानचेस्टर युनाइटेड र सेभियाले बराबरी खेलेका छन्।

गएराति भएको खेलमा युनाइटेड र सेभियाले २–२ गोलको बराबरी खेले। दोस्रो हाफमा दुई आत्मघाती गोलले युनाइटेड बराबरीमा रोकियो। 

खेलको १४ औं मिनेटमा मार्सल सबिट्जरले गोल गर्दै युनाइटेडलाई सुरुआती अग्रता दिलाएका थिए। २१ औं मिनेटमा सबिट्जरले व्यक्तिगत दोस्रो गोल गर्दै युनाइटेडलाई २–० को अग्रता दिलाए ।

तर, खेलको ८४ औं मिनेटमा युनाइटेडका ट्रेल मालासियाले आत्मघाती गोल गरेपछि खेल २–१ को स्थितिमा आयो। खेलको इन्जुरी समयमा युनाइटेडका ह्यारी मग्वाएरले आत्मघाती गोल गरेपछि खेल २–२ गोलको बराबरीमा सकिएको हो ।

अब दुई टोलीबीचको दोस्रो लेग अप्रिल २१ मा हुनेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.