|

काठमाडौं : भारतको बिहारमा विषाक्त रक्सी सेवनबाट २२ जनाको मृत्यु भएको छ। 

बिहारको मोतिहारीमा विषाक्त रक्सी सेवनबाट २२ जनाको ज्यान गएको बिहार प्रहरीले जनाएको छ। बिसाक्त मदिरा सेवनबाट २९ जना बिरामी परेको र ति मध्ये ४ जनाको अवस्था गम्भीर रहेको पुलिस अधीक्षक कान्तेश कुमार मिश्राले बताएका छन्।  

प्रहरीले ७६ जनालाई पक्राउ गरेको छ भने ६ हजार १ सय १० लिटर मदिरा र ६६ लिटर स्प्रिट पनि बरामद गरेको छ। बिहारमा रक्सी सेवनमा प्रतिबन्ध लगाइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.