|
फाइल तस्वीर

काठमाडौं : नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यही वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नलाग्ने जनाएको छ।

वैशाख कृष्ण औँसीका दिन वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नेपालीलाई नलाग्ने र बार्नु पनि नपर्ने जानकारी समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले दिए। 

यस वर्ष वैशाख ७, असोज २७ र चैत २६ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले तीनै वटा सूर्यग्रहण बार्नु नपर्ने उनले बताए। तीनवटै सूर्यग्रहणको दोष नेपालीलाई नलाग्ने जानकरी उनले दिए।

कात्तिक ११ गते लाग्ने चन्द्रग्रहण भने नेपालबाट देखिन्छ। यसको दोष लाग्ने भएकाले बार्नुपर्ने जानकारी अध्यक्ष प्रा अधिकारीले दिए। वैशाख ७ गते लाग्ने सूर्यग्रहण चीन, मङ्गोलिया र अस्ट्रेलियालगायत देशबाट देखिने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.