|

काठमाडौँ : सांसदहरूले देशमा आर्थिक संकट देखाएर सामाजिक सुरक्षा भत्ता कटौती नगर्न सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद वासुदेव घिमिरेले मन्त्री र सांसदको तलब आधा कटौती गर्न माग गरे। खर्च कटौती तलबाट नभएर माथिबाट गर्नुपर्ने भन्दै सांसद घिमिरेले मन्त्री र सांसदको तलब आधा कटौती गर्ने प्रस्ताव आज बसेको प्रतिनिधिसभाको बैठकमा राखेका हुन्। घिमिरेले चालू खर्च कम गराउन राज्यको सबैभन्दा माथिल्लो पदमा बसेकाहरूले नै कम सेवा सुविधा लिएर काम गर्नुपर्ने प्रस्ताव गरे।   
 

सबै तहमा करार तथा ज्यालादारीका नयाँ कर्मचारीको भर्ना रोक्नुपर्ने, सेमिनार, गोष्ठी, सरकारी भोजभतेर जस्ता कार्यक्रम पूर्णरूपमा बन्द गर्ने, अनावश्यक बोर्ड, केन्द्र, परिषद् जस्ता संरचना खारेज गर्नु पर्ने माग सांसद घिमिरेले गरे। 

राज्यलाई मासिक ३५ देखि ४० करोड र वार्षिक ४ खर्ब रुपैयाँ बचत हुने उनले बताए। राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश संरचना खारेज गर्नुपर्ने माग गर्न छोडेको छैन। 

संविधान बमोजिम गठन भएका प्रदेश संरचना राज्यका लागि सेतो हात्ती बनेको आरोप लागिरहेको छ। प्रतिनिधिसभामा सांसद संख्या समेत राज्यले थेग्न नसक्ने भएकाले घटाएर खर्च कटौती गर्न राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले माग गरेका छन्।

सरकारले अन्धाधुन्ध ऋण लिएर चालू खर्च गरेको महालेखाको प्रतिवेदनले जनाएको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.