|

काठमाडौं : सरकारले नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख १५ र ३१ गते खोप लगाउने भएको छ।

बृहत् खोज, र खोप अभियान अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउन छुटेका ५ वर्षमुनिका बालबालिकालाई २ दिन खोप दिन लागेको हो। वैशाख १५ र ३१ गते देशभरमा सबै सरकारी स्वास्थ्य संस्थाबाट खोप दिन लागिएको हो।

खोप लगाउन छुटेका सबै बालबालिकालाई खोप लगाई नेपाल पूर्ण खोप रहेको सुनिश्चित गर्नका लागि खोप लगाउन लागिएको मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका अन्तर्गत खोप शाखाका प्रमुख डा. अभियान गौतमले जानकारी दिए।  

विभिन्न जिल्लामा खोप छुट बच्चाको संख्या बढ्दै गई दादुरा रुबेलाको महामारी समेत देखापरेकाले नियमित खोप अन्तर्गत दुई दिन विशेष रूपमा खोप लगाउन लागिएको डा. गौतमले बताए।  

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ ले १५ महिनासम्मका बालबालिकामा लगाउनुपर्ने क्षयरोगविरुद्ध बी.सी.जी. खोप डी.पी.टी. हेप/ बि-हिब पोलियोको खोप दादुरा-रुबेला जस्ता लगाउनैपर्ने  खोप विगत पाँच वर्षमा ४ प्रतिशत बालबालिकालाई नलगाइएको पाइएको देखाएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.