|

बैतडी : १६ वर्षमुनीको राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिमको टोली घोषणा गरिएको छ।  नरेन भट्टको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव तेजप्रकाश भट्टले जानकारी दिए।

टोलीमा उपकप्तानमा युवराज खत्री, विकेट किपरमा आशिष लुहार, राजेश ऐर,रितिक थापा, रविन भण्डारी, सुदीपसिंह कार्की, सचिन मल्ल, अशोक धामी, मेट्रिक्स थापा, डम्बर माझी, विक्रम साउँद, आशिष शाह र भुपेश जोशी छन्।  

यस्तै प्रजल सुनार, आरिस बोहरा, सचिन भट्ट र कृष शाही वैकल्पिक खेलाडी छन्। प्रशिक्षकको दीपेन्द्रबहादुर चन्द र व्यवस्थापकमा सुरेन्द्रबहादुर सिंहलाई जिम्मा दिएइको छ। 

वैशाख १ देखि ७ गतेसम्म अछाममा सञ्चालन भएको प्रदेशस्तरीय छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको आधारमा टोली तयार गरिएको जनाइएको छ ।  
राष्ट्रियस्तरीय छनोट प्रतियोगिता वैशाख १० गतेदेखि धनगढीमा सञ्चालन हुँदैछ। 

नेपाल क्रिकेट संघले  मलेशियामा हुने १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेट प्रतियोगितालाई मध्यनजर गर्दै जिल्ला, प्रदेश हुFदै राष्ट्रिय प्रतियोगिताको आयोजना गरेको हो।   

एसियन क्रिकेट काउन्सिलको कार्यक्रमअनुसार उक्त प्रतियोगिता मे १७ देखि २८ सम्म मलेसियामा हुनेछ । प्रतियोगितामा नेपाली टोली पनि सहभागी हुने नेपाल क्रिकेट संघले जनाएको छ।  
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.