|

काठमाडौं : जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले बारा क्षेत्र नं. २ को बेलडाडी, झिटकैया लगायतका केही बुथ कब्जा हुनसक्ने​ आशंका गरेका छन्।

आइतबार मतदानको अवलोकन गर्ने क्रममा अध्यक्ष राउतले प्रहरी प्रशासनकै संरक्षणमा पचरौता नगरपालिका बेलडाडीमा जसपाले बुथ कब्जा गरेको उनले बताए।

उनले मतदान भइरहेको समयमा बारा– २ का सीमावर्ती गाउँमा आफू र कार्यकर्तालाई जान नदिएको बताए। राउतले भारत सिमासँग जोडएको पचरौता नगरपालिका ४ बेलदारीमा प्रचार प्रसार गर्न समेत जान नदिएको गुनासो गरे।

सुरक्षाकर्मीसँग पटक–पटक सुरक्षा माग्दा नदिएको उनको गुनासो छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.