|

काठमाडौँ : जोर्डनमा आयोजना हुने एएफसी यु–१७ महिला एशियन कप छनोटमा सहभागी हुने नेपाली महिला टोलीलाई आइतवार बिदाइ गरिएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतवार एक कार्यक्रम आयोजना गरेर छनोट खेल्न जान लागेको टोलीलाई बिदाइ गरेको हो। टोलीलाई एन्फाका पूर्व अध्यक्ष नरेन्द्र श्रेष्ठ, अध्यक्ष पंकजविक्रम नेम्वाङ, उपाध्यक्ष दावा लामा, महासचिव किरण राई लगायतले बिदाइ गरेका थिए।

अप्रिल २६ देखि ३० तारिखसम्म जोर्डनमा आयोजना हुने छनोट प्रतियोगितामा नेपाल समूह एचमा रहेको छ। नेपाल सम्मिलित समूहमा आयोजक जोर्डन र बलियो इरान रहेका छन्।

छनोट अन्तर्गत नेपालले पहिलो खेल प्रिन्स मोहम्मद स्टेडियम जाग्व्रामा अप्रिल २६ मा इरानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। दोस्रो खेल अप्रिल २८ मा आयोजक जोर्डनसँग प्रतिस्पर्धा गर्नेछ।

एशियाली राष्ट्रहरुलाई ८ समूहमा विभाजन गरी आयोजना गरिएको छनोटबाट शीर्ष टोली दोस्रो चरणमा प्रवेश गर्ने मौका पाउनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.