|

काठमाडौं : गण्डकी प्रदेशको नयाँ मुख्यमन्त्रीमा कांग्रेसका सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन्। कांग्रेस संसदीय दलका नेतासमेत रहेका उनलाई बिहीबार प्रदेश  प्रमुख पृथ्वीमान गुरुङले नियुक्त गरेका हुन्। 

संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत जुटाएका प्रदेश सभा सदस्यका हैसियतमा पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरिएको हो। 

नेकपा माओवादीले १० चैतमा आफ्नो समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका खगराज अधिकारीले गत शनिबार प्रदेशसभा बैठकमा भएको मत विभाजनमा आवश्यक मत लिन असफल भएपछि नयाँ सरकार गठनको बाटो खुलेको थियो। 

६० सदस्यीय प्रदेशसभामा कांग्रेसका २७, माओवादी केन्द्रका आठ (सभामुखसहित) र एकीकृत समाजवादीका एकजना सदस्य छन् भने एमालेका २२ राप्रपाका दुई रहेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.