|

बैतडी : भतिजी बलात्कारको आरोपमा बैतडीमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको सिगास गाउँपालिकाका २२ वर्षीय युवक रहेका इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक कमल चौधरीले बताए।

ती युवकलाई १५ वर्षीया किशोरी बलात्कारको आरोपमा पक्राउ गरिएको हो। गत पुस १५ गते बलात्कारको घटना भए पनि शुरुमा गाउँमै मिलाउन खोजिएकाले ढिला गरी सार्वजनिक भएको बताइएको छ। घरमा कोही नभएका वेला ती युवकले भतिजीमाथि बलात्कार गरेको आरोप छ।

इलाका प्रहरी कार्यालयको हिरासतका रहेको ती युवकमाथि जबरजस्ती करणी सम्बन्धी मुद्दा दर्ता भएर अदालतबाट म्याद थपी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.