|

बैतडी : बैतडीको दोगडाकेदार गाउँपालिकामा गत पाँच दिनदेखि सञ्चारसेवा अवरुद्ध भएको छ। दोगडाकेदारको सिल्लेगडामा रहेको सिल्लेगडास्थित नेपाल टेलिकमको टावरले काम नगर्दा सञ्चार सेवा अवरुद्ध भएको हो।

सञ्चारसेवा अवरुद्ध हुँदा समस्या भएको स्थानीय डम्बर कुँवरले बताए। सिल्लेगडाको टावरले गएको पाँच दिनदेखि टावरले काम गर्न छोडेको कुँवरको भनाइ छ।

टावरमा समस्या आएपछि टेलिकमको भ्वाइस र इन्टरनेट सेवा अवरुद्ध हुनुका साथै सञ्चार सम्पर्कबाट विच्छेद हुनुपरेको छ।

टावरमा समस्या आएपछि मर्मतका लागि प्राविधिक टोली परिचालन गरिएकाले छिट्टै समस्या समाधान हुने नेपाल टेलिकम बैतडीको सजित प्याकुरेलले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.