|

इण्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेञ्जर्स बेंग्लोरले लखनऊ सुपर जायन्ट्सलाई हराएको छ। घरेलु मैदान ऐकना स्टेडियममा गएराति लखनऊ १८ रनले पराजित भएको हो।  

बेंग्लोरले दिएको १२७ रनको लक्ष्य पछ्याएको लखनऊले १९.५ ओभरमा अलआउट हुँदै १०८ रन मात्र बनायो। ​उसका लागि कृष्णपा गौथमले २३ र अमित मिश्राले १९ रन बनाए । यस्तै मार्कस स्टोईनेस र नभिन उल हकले समान १३र१३ रन बनाए । 

बेंग्लोरका लागि जोस हेजलवुड र कर्ण शर्माले २–२ तथा मोहम्मद सिराज, ग्लेन म्याक्सवेल र वानिंदु हसरंगाले १–१ विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बेंग्लोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२६ रन बनायो।

बेंग्लोरका लागि कप्तान फाफ डु प्लेसिसले ४० बलमा ४४ तथा विराट कोहलीले ३० बलमा ३१ रन बनाए। दिनेश कार्तिकले १६ रन बनाउँदा अरु ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। 

लखनऊका लागि नभिन उल हकले ३ तथा रवि बिश्नोइ र अमित मिश्राले समान २–२ विकेट लिए। ९ खेलमा पाँच जित तथा चार हार व्यहोरेको बेंग्लोर लिगको पाँचौँ स्थानमा उक्लिएको छ। ९ खेलमा पाँच जित र चार हारका साथ लखनऊ तेस्रो स्थानमा पुगेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.