|

काठमाडौं : नवनिर्वाचित प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवले आज शपथ लिने भएका छन्। उनले सभामुख देवराज घिमिरेसमक्ष शपथ लिनेछन्। 

सिंहदरबारस्थित कानुन न्यान तथा मानव अधिकारको हलमा दिउँसो १ बजे शपथग्रहण तय गरिएको संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए।

वैशाख १० गते सम्पन्न उपनिर्वाचनमा बारा– २ बाट निर्वाचित भएका ​थिए। तनहुँ–१ र चितवन–२  बाट निर्वाचित स्वर्णिम वाग्ले र रवि लामिछानेले शुक्रबार शपथ लिएका थिए।

शुक्रबार अनुपस्थित रहेका कारण यादवले मंगलबार शपथ लिन लागेका हुन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.