|

लुम्बिनी : २५६७ औं बुद्धजयन्ती तथा लुम्बिनी दिवस–२०८० विभिन्न कार्यक्रम गरी मनाइने भएको छ। लुम्बिनी विकास कोषले लुम्बिनीको प्रवर्द्धन गर्न टिकटक प्रतियोगिता गरिने जानकारी दिएको छ।

बुधबार लुम्बिनी विकास कोषले पत्रकार सम्मेलन गरी वैशाख २२ गते शुक्रबार विभिन्न कार्यक्रम गरेर बुद्धजयन्ती मनाउने बताएको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा अन्तरराष्ट्रिय सम्मेलन तथा ध्यान केन्द्रमा २५६७ औं बुद्धजयन्ती एवं लुम्बिनी दिवस विशेष समारोह हुने भएको हो।

लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले बिहान ७ बजेदेखि ९ बजेसम्म ५ नम्बर गेटदेखि मायादेवी मन्दिर हुँदै विभिन्न झाँकीसहित सम्मेलन केन्द्रसम्म शान्ति र्‍याली निकालिने बताए।

उनले वैशाख २१ गते बिहीबार मायादेवी मन्दिर परिसरमा दीप प्रज्वलन र साँझ ७ बजेदेखि मध्यरातसम्म महापरित्राण हुने तथा बुद्ध पूर्णिमाको अवसरमा अबदेखि लुम्बिनी परिसरमा ‘हर्न निषेध’ गरिने बताए।

उनले भने, ‘अक्टोबर, नोभेम्बरमा हामी बौद्ध सम्मेलन गर्नेछौँ। त्यो समयमा हामी साहित्य पुरस्कार पनि वितरण गर्ने भनेका छौँ। लुम्बिनीको प्रमोसनका लागि टिकटक प्रतियोगिता गर्दैछौँ।’

उनले वैशाख २२ गते पण्डितपुरदेखि बुद्धको अस्टधातु रहेको रामग्रामसम्म ‘अस्टधातु यात्रा’ गरिने भएका पनि बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.