|

काठमाडौं : सत्तारुढ गठबन्धनले आगामी बजेटको पूर्वतयारीमा एकरुपता ल्याउने सहमति गरेको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज (बुधबार) बसेको बैठकले आगामी वैशाख २४ गते संघीय संसदको बैठक आह्वान भैसकेकाले बजेट पूर्वका छलफल, सरकारका नीति तथा कार्यक्रमलाई एकरुपता ल्याउने विषयमा मुख्यतः छलफल भएको कांग्रेस सचेतक रमेश लेखकले जानकारी दिए।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सरकारमा ल्याउने विषयमा भने प्रधानमन्त्री आफैँले कुरा गरी रहेकाले प्रधानमन्त्रीले नै उक्त विषय टुंगो लगाउने बताए।

बजेटका कार्य तथा सिद्धान्तमा एकरुपता ल्याउनेगरी आधारपत्र तयार पार्ने विषयमा समेत गठबन्धनमा सहभागी दलहरु सहमत भएको उनले बताए।

जनताका आधारभूत आवश्यकक्ता पूरा गर्ने गरी आगामी बजेट निर्माण गर्नुपर्ने भएकाले सरकारमा सहभागी सबै दलहरुबीच यस विषयमा सहमति भएको उनको भनाइ छ।

पछिल्लो समय सत्तारुढ गठबन्धनका नेताहरुले फरक फरक धारणा राखिरहे पनि गठबन्धनमा कुनै समस्या नरहेको उनले दावी गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.