|

काठमाडौं : वैदेशिक रोजगारीमा पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट साढे ३ करोड रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन्।

भक्तपुर चाँगुनारायण नगरपालिका-६ नगरकोटका ६८ वर्षका सिताराम बास्तोला पक्राउ परेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

उनले १०१ जनालाई रोजगारीका लागि अमेरिका, जर्मनी, बेलायत तथा जापान पठाइदिन्छु भन्दै जानका लागि प्रतिव्यक्ति ३० लाख रूपैयाँ लाग्ने भन्दै पटक पटक गरि ३ करोड ५६ लाख ८ हजार रूपैयाँ लिइ सम्पर्कविहीन भएको कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए।

वैदेशिक रोजगार विभागमा उजुरी परेपछि विभागले प्रहरीलाई खोजी गरिदिन पत्राचार गरेको थियो। खोजतलास गर्ने क्रममा बास्तोला आज (आइतबार) दिउँसो भक्तपुरको दरबार स्क्वायरबाट पक्राउ परेको र थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.