|

काठमाडौं : प्रतिनिसिभा बैठकमा जारी प्रि–बजेट छलफल बुधबार सकिँदै छ । 

अर्थमन्त्री डा.प्रकाशशरण महतले आइतबार पेश गरेको बजेटका सिद्धान्त र प्राथमिकतासम्बन्धी छलफल आज सक्ने संसद् सचिवालयले जनाएको छ। 

सचिवालयले सार्वजनिक गरेको संभावित कार्यसूची अनुसार छलफलमा भाग लिन बाँकी सांसदले धारणा राख्नेछन् । त्यसपछि अर्थमन्त्री महतले छलफलमा उठेका प्रश्नको जवाफ दिनेछन्। राष्ट्रिय सभा बैठकमा मंगलबार नै छलफल सकिएर अर्थमन्त्री महतले जवाफ दिएका थिए।

प्रतिनिधिसभामा पनि छलफल सकिएपछि सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले संसदमा पेश गर्नेछन्। यसैका आधारमा जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते ल्याउने संवैधानिक व्यवस्था छ।  

बिहान ११ बजे सुरु हुने बैठकमा आज सभामुखले विषयगत समितिमा सदस्यको थप नाम मनोनयन गर्ने संसद सचिवालयले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.