|

काठमाडौं : नेकपा एमालेको स्थायी कमिटी बैठक शनिबार बस्दैछ। शुक्रबार नै बस्ने तय भएको बैठक शनिबारका लागि सारिएको हो।

एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बिहान ८ बजे बैठक बस्ने जानकारी दिए। बैठक ललितपुरस्थित एमाले मुख्यालयमा बस्नेछ।

केन्द्रीय कमिटी बैठकमा ‘मिसन ग्रासरुट’ अभियानको प्रदेश तर्फबाट कार्ययोजना प्रस्तुत भएपछि सोही कार्ययोजनाअनुसार स्थायी कमिटी बैठकमा एकीकृत वार्षिक कार्ययोजना बनाउनेबारे छलफल गर्ने जनाइएको छ।

प्रदेश अध्यक्षहरूको सुझावका आधारमा शनिबार  बिहान बस्ने स्थायी कमिटी बैठकले पार्टीको भावी कार्ययोजनाको प्रस्ताव तयार पार्नेछ। सोही प्रस्ताव शनिबार दिउँसो पुनः केन्द्रीय कमिटी बैठकबाट पारित गर्ने एमालेले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.