|

काठमाडौं : पछिल्लो समय संसारभर समयपूर्व नै शिशु जन्मन थालेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले जनाएको छ। संसारभर गत दशकमा १५ करोड २० लाख शिशु समयअगावै (३७ साताअगावै) जन्मिएको डब्लूएचओले जनाएको छ।

संयुक्त राष्ट्रसंघका एजेन्सीहरू र साझेदारले आज जारी गरेको नयाँ प्रतिवेदनअनुसार २०२० मा अनुमानित १३ करोड ४० लाख शिशु समयपूर्व जन्मिएका थिए, तिनमा झन्डै १० लाख समयपूर्वका जटिलताबाट मरेका छन्। यो विश्वभर छिट्टै जन्मिएका (गर्भावस्थाको ३७ हप्ताअघि) १० मध्ये १ बच्चाको बराबर हो।

प्रतिवेदनमा डब्ल्यूएचओ र युनिसेफबाट लन्डन स्कूल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसिनसँग तयार पारिएका अद्यावधिक अनुमान समावेश छन्।समग्रमा यसले विगत एक दशकमा विश्वको कुनै पनि क्षेत्रमा समयपूर्व जन्मदरमा कुनै परिवर्तन नभएको पाइएको छ। २०१० देखि २०२० सम्म १५२ लाख कमजोर शिशु चाँडै जन्मिएका छन्।

प्रकाशित तथ्याङ्कलाई आधार लिँदै डब्लूएचओले जनाएअनुसार सन् २०१० देखि २०२० सम्म उक्त सङ्ख्यामा समयअगावै शिशु जन्मिका हुन्।

प्रतिवेदनमा डब्ल्यूएचओ र युनिसेफको अद्यावधिक अनुमान समावेश छन्, लन्डन स्कूल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनसँग तयार पारिएको समयपूर्व जन्मको प्रचलनमा समग्रमा यसले विगत एक दशकमा विश्वको कुनै पनि क्षेत्रमा समयपूर्व जन्मदरमा कुनै परिवर्तन भएको छैन।

समयपूर्व जन्म अहिले बालबालिकाको मृत्युको प्रमुख कारण हो, जसमा ५ बालबालिकामध्ये एकभन्दा बढी बालबालिकाको मृत्यु उनीहरूको ५ औं जन्मदिनअघि हुने गर्छ।

विवरणका अनुसार समयअगावै जन्मिएका शिशुह जीवित हुने सङ्ख्यामा क्षेत्रीय, आय तथा जातीय रूपमा असमानता रहेको छ। कम आय भएका मुलुकमा जन्मिएका दश शिशुमध्ये एकजना मात्र जीवित रहने गरेका छन्। त्यस्तै उच्च आय भएका मुलुकमा दशमध्ये नौजना शिशु जीवित रहने गरेका छन्।

डब्लूएचओले दिएको जानकारीअनुसार दक्षिण एशिया र अफ्रिकी मुलुकमा समयअगावै जन्मिने बच्चाको सङ्ख्या बढी रहेको छ। यी दुई क्षेत्रमै ६५ प्रतिशत बच्चा समयपूर्व जन्मिने गरेका छन्। बाँकी ३५ प्रतिशत मात्र अन्य क्षेत्रमा समयअगावै बच्चा जन्मिने गरेका छन्। यस तथ्याङ्कले दक्षिण एसिया र अफ्रिकी क्षेत्रमै शिशु मृत्युदर माथि हुने जोखिम देखाउँछ।

प्रतिवेदनले विश्वको कुनै पनि क्षेत्रमा विगत एक दशकमा समयपूर्व जन्मदरमा कुनै परिवर्तन आएको नदेखाएको बताइएको छ।

द्वन्द्व, जलवायु परिवर्तन र वातावरणीय क्षति, कोभिड–१९ र बढ्दो जीवनयापनको प्रभावले महिला र शिशुहरूका लागि जताततै जोखिम बढिरहेको कुरा पनि प्रकाश पारेको छ। उदाहरणका लागि वायु प्रदूषणले ६० लाख शिशु समयअगावै जन्मने अनुमान गरिएको बताइएको छ।

द्वन्द्व, जलवायु परिवर्तन, कोभिड–१९ को प्रभावले महिला र शिशुहरूका लागि जताततै जोखिम बढाइरहेको समेत उक्त प्रतिवेदनले जनाएको छ। प्रभावित शिशुहरू र तिनीहरूका परिवारहरूको राम्रो हेरचाहको साथसाथै समयपूर्व जन्मको रोकथाममा सुधार गर्न तुरुन्तै कार्य आवश्यक छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.