|

काठमाडौं : हाम्रो भान्छामा प्रायः नछुट्ने चिज हो हिङ। हिङ स्वास्थ्यका हिसाबले औषधीय गुणले भरिपूर्ण खानेकुरा हो।

हिङको पानीले पेटको समस्यामा रामवाणको काम गर्छ। यो पानीले शरीरलाई धेरै रोगबाट बचाउँछ। हिङको पानीले ग्याँस, अपच, कब्जियत जस्ता समस्यालाई चाँडै हटाउँछ। तौल घटाउन, मुटु रोगबाट बच्न चाहनुहुन्छ भने हिङको पानी फाइदाजनक हुन्छ। एक स्वास्थ्य वेबसाइटका अनुसार हिङको पानीले क्यान्सर र मधुमेहका विरामीलाई पनि फाइदा पुर्‍याउँछ। हिङ पानीका ५ फाइदा...

मुटु रोगबाट बचाउँछ

हिङमा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट पाइन्छ। यसले फ्री रेडिकलबाट हुने क्षतिलाई कम गर्न काम गर्छ। यसले हातगोडा सुन्निने, हृदय रोग, क्यान्सर र मधुमेहबाट बचाउन सक्छ। त्यसैले नियमित हिङको सेवन गर्नु निकै फाइदाजनक मानिन्छ।

पाचन प्रक्रिया बलियो बनाउँछ

हिङले पाचन प्रणालीलाई निकै बलियो बनाउँछ। हिङले अपच, पेट दुख्ने, एसिडिटी जस्ता समस्याबाट छुट्कारा दिने काम गर्छ। यसको नियमित सेवनले पेट सफा राख्न सहयोग गर्छ।

तौल घटाउन सहयोगी

दैनिक हिङको पानी प्रयोग गरेर तौल घटाउन सकिन्छ। वास्तवमा, हिङले पाचन सुधार गर्छ र बढेको पेट कम गर्छ। यसले मोटोपना पनि कम गर्न सक्छ।

रगतमा सुगरको मात्रा नियन्त्रणमा राख्छ

हिङको दैनिक प्रयोगले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ। दैनिक बिहान हिङको पानी पिउनाले रगतमा सुगरको स्तर कायम रहन सहयोग गर्छ । त्यसैले मधुमेहका बिरामीलाई हिङको पानी प्रयोग गर्न सल्लाह दिइन्छ।

चम्किलो अनुहार

हिङ स्वास्थ्यका लागि मात्र नभई छालाका लागि पनि फाइदाजनक हुन्छ। यसको पेस्ट अनुहारमा लगाउनाले अनुहारमा चमक आउँछ। यसको प्रयोगले चाउरी, पिम्पल जस्ता समस्याबाट छुटकारा पाउन सकिन्छ ।

हिङको पानी कसरी बनाउने

एक गिलास पानी तताउनुहोस्। तातो पानीमा हिङ मिसाउनुहोस्। हिङलाई पानीमा राम्ररी घोल्नुहोस्।अब उपभोग गर्नुहोस्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.