|

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडीमा विकसित भइरहेको ‘मोखा’ नामक चक्रवातको असर नेपालमा नपर्ने जनाएको छ।नेपालमा यो चक्रवातको असर पूर्वी भेगमा मौसम बदली हुनु बाहेक नदेखिने मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए।

आइतबार बिहान देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ। पश्चिमी वायुको असरका कारण गण्डकी तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा भने हल्का वर्षा भैरहेको छ। दिउँसोदेशको पहाडी भू–भागमा मौसम आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। 

पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् अधिकारीले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.