|

काठमाडौं : फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले उपाधि दाबेदारी थप बलियो बनाएको छ। 

एसी एजासियोलाई ५–० को फराकिलो गोल अन्तरले पराजित गर्दै पिएसजीले उपाधि जीतको सम्भावना बलियो बनाएको हो। उसले एक गोल उपहारमा पाएको थियो।

पार्क डेस प्रिन्सेसमा शनिबार राति भएको खेलको २२औं मिनेटमा पिएसजीका फावियन रुइजले गोल गर्दै अग्रता लएको थियो। ३३औं मिनेटमा असरफ हाकिमीले गोल गर्दै पिएसजीको अग्रतालाई दोब्बर पारे। पहिलो हाफमा २–० को अवस्थामा रहेको पीएसजीले  दोस्रो हाफको सुरुवाती अर्थात ४७औं मिनेटमा केलिन एमबाप्पेले गोल गरेपछि पिएसजीले ३–० को अग्रतासहित फराकिलो अन्तर बनायो। ५४औं मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै पिएसजीको अग्रतालाई ४–० मा पुर्‍याए।

खेलको ७३औं मिनेटमा मोहम्मद युसोउफले आत्मघाती गोल गरेपछि पिएसजी खेलमा ५–० को अवस्थामा रहयो। 

खेलको अन्तिमतिर दुवैतर्फका खेलाडी रातो कार्ड खाएर बाहिरिनु परेको थियो। खेलको  ७७औ मिनेटमा पिएसजीका हाकिमीले तथा ८०औं मिनेटमा एजारियोका थोमस मनगानीले रातो कार्ड खाँदै मैदानबाट बाहिरिए। 

 जितसँगै शीर्षस्थानको पिएसजीले ३५ खेलबाट ८१ अंक बनाएको छ। एजासियो २३ अंक जोडेर १८औं स्थानमा सिमित छ।

पिएसजी दोस्रो स्थानमा रहेको लेन्सभन्दा ६ अंकले अगाडी रहेको छ र लिगमा अब ३ खेल खेल्न बाँकी रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.