|

काठमाडौं : शीर्ष तीन नेताको छलफलमा प्रमुख सचेतकहरू पनि मिसिएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्तामा तीन दलकै दोस्रोस्तरका  नेता मिसिएका हुन्।  

छलफलमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङ, कांग्रेस प्रमुख सचेतक रमेश लेखक र माओवादीका हितराज पाण्डे पनि मिसिएका हुन्। 

उनीहरूबीच संसदको प्रभावकारिता, आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रमबारे छलफल भइरहेको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.