|

विराटनगर : सुनसरीको धरानबाट हतियारसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक देउमान लिम्बूको नेतृत्वमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालयबाट खटिएका प्रहरी टोलीले आइतबार हतियारसहित तीनजनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका-१७ का २९ वर्षीय हुकमेन जिमि, धरान-१५ का २४ वर्षीय रोहित राई र धरान-१७ बस्ने दिपक जिमि रहेको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक डिएसपी नवराज मल्लले जानकारी दिए।

प्रकाउ परेका उनीहरुलाई सुनसरी जिल्ला अदालतबाट ५ दिनको म्याद थपेर अनुसन्धान भइरहेको डिएसपी मल्लले बताए।

‘तीनजनालाई हामीले हतियारसहित पक्राउ गरेका छौं,’ उनले भने, ‘मुलुकी अपराध संहिता २०७४ को परिच्छेद–६ को हातहतियार तथा खरखजानासम्बन्धी कसूरअन्तर्गत सम्मानित सुनसरी आदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।’

उनीहरुको साथबाट विवरण नखुलेको एक थान पेस्तोल र मेड इन इटली लेखिएको एक थान पेस्तोल भेटिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.