|

इलाम : इलाम–२ उपनिर्वाचनको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ। फाकफोक थुम १ र २ नम्बर वडाको मत गणनामा कांग्रेसका डम्बर खड्का १ हजार १४५ मतसहित अग्रस्थानमा छन्। दोस्रो स्थानमा रहेका एमालेका सुहाङ नेम्वाङले १ हजार ६३ मत पाएका छन्।

रास्वपाका मिलन योङहाङ लिम्बूले २०९ मत पाएका छन्। भने तेस्रो स्थानमा स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह लिम्बूले ३११ मत पाएका छन्।

निर्वाचन आयोगबाट आधिकारिक घोषणा हुन बाँकी छ।

शनिबार सम्पन्न उपनिर्वाचनको मत गणना भइरहेको छ। जिल्लाको फाकफोकथुम गाउँपालिका- १ बाट गणना सुरू भएको छ। फाकफोकथुम-१ मा २४ मतदान केन्द्र थिए। फाकफोकथुममा १६ हजार ३ सय २ कुल मतदाता रहेकामा ९ हजार ६ सय ४ मत खसेको छ।

तारबारभित्र मतगणना भइरहेको अवस्था छ भने मतगणना स्थलमा समर्थकहरूको चहलपहल बढेको छ। त्यस्तै, बाक्लो मात्रामा सुरक्षाकर्मीहरू परिचालन गरिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.