|

काठमाडौं : नेपाल आर्ट काउन्सिल बबरमहलमा कार्टुनमार्फत सडक सुरक्षासम्बन्धी सचेतना कार्यक्रम सुरु भएको छ। सचेतनामा सडकमा हुने र गरिने लापरबाही तथा यसबाट हुने दुर्घटना जोखिमलाई सचेत गराउने लक्ष्य लिइएको छ।

प्रदर्शनीमा ३० वटा कार्टुन छन्। संयुक्त राष्ट्र संघ विश्व सडक सुरक्षा सप्ताह मे १५-२१ २०२३० को अवसरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत राष्ट्रिय सडक सुरक्षा परिषद्, नेपाल प्रहरी, रोटरी क्लब इन्टरनेशनल  नेपाल सडक सुरक्षा समाजको संयुक्त आयोजना र कार्टुनिस्ट क्लब अफ नेपालसँगको सहकार्यमा यो प्रदर्शनी गरिएको हो।

प्रदर्शनी यही ५ जेठसम्म रहनेछ। प्रदर्शनीले सडक दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने आयोजकले विश्वास लिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.