|

काठमाडौं : सत्तारुढ नेपाली कांग्रेसका सांसद एवम् पूर्वमन्त्री सञ्जय गौतम विकास निर्माणका विभिन्न माग राख्दै विगत ६ दिनदेखि आमरण अनशन बसेका छन्।

र्दिया क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित गौतम जब्दीघाटको पुलमुनि १५ बुँदे माग राखेर वैशाख ३० गतेदेखि अनशन बसेका हुन्। सूचीको पहिलो नम्बरमा जब्दीघाटको भत्किएको पुल निर्माणको काम सुरु गर्नुपर्ने उनको माग छ। 

सरकारसँग कुरा भए पनि अहिलेसम्म ठोस प्रगति नभएकाले सत्याग्रहलाई निरन्तरता दिने उनको अडान छ।

सांसद गौतमले माग पूरा नभएसम्म स्लाइन पानी समेत नचढाउन भनेका छन्। उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको जिल्ला अस्पताल बर्दियाका प्रमुख सुवास पाण्डेले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.