|

धनगढी : नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंह मन्त्री बन्ने भएका छन्।

बझाङबाट निर्वाचित सिंहलाई मुख्यमन्त्री कमलबहादुर शाहले आज आन्तरिक मामिला तथा कानुनमन्त्री नियुक्त गर्ने स्रोतले जनाएको छ। सिंहले पनि आफूलाई मन्त्री नियुक्त गर्नेबारे जानकारी आएको बताए।

उनले भने, ‘भर्खरै मुख्यमन्त्रीले फोन गर्नुभयो। म काठमाडौंमा छु। शपथका लागि ५ बजे आउन भन्नुभएको छ तर मैले त भोलिको टिकट काटेको थिएँ। त्यत्तिकैमा अहिले म एयरपोर्टतिर जाँदै छु। अब धनगढी आउने जहाज खोज्छु।’

आफ्नो पूर्वनिर्धारित जहाजको टिकट भोलिको भएकाले हतारहतार शपथमा आउनुपर्ने बाध्यता भएको उनको कथन छ। सिंहसँगै माओवादी केन्द्रका रमेश धामी र झपट साउद पनि मन्त्री बन्दै छन्।

साँझ ५ बजे प्रदेश प्रमुखको कार्यालयमा शपथ ग्रहण गराउने तयारी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.