|

काठमाडौं : सरकारले विद्यार्थीहरूलाई वितरण गरिने छात्रवृत्ति एकद्वार प्रणालीबाट वितरण गर्ने घोषणा गरेको छ। शुक्रबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले शैक्षिक सुधारका लागि शैक्षिक क्यालेन्डर परिमार्जन गर्ने पनि बताए।

उनले विद्यालयमा बाहिर रहेका सबै बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने बताए। उनले भने,‘शिक्षालाई गुणस्तरीय बनाइनेछ,सबै बालबालिका विद्यालयमा ल्याउने, सिकाउने र टिकाउने कार्यको अभियान सञ्चालन गरिने छ,पढ्दै कमाउँदै कार्यक्रमलाई निरन्तरता दिइने छ,आवश्यक अनुसार पाठ्यक्रम परिमार्जन गरिने छ।’ उनले यस वर्षजस्तै आगामी नयाँ शैक्षिक सत्रहरूमा पनि समयमा पाठ्यपुस्तक पुर्‍याउने घोषणा गरे।

‘आधारभूत तहमा पहुँच वृद्धि गर्न हिमाली तथा आर्थिक विपन्न,पिछडिएका,असहाय बालबालिकाका लागि विशेष कार्यक्रम सञ्चालन गरिने छ,’उनले भने,‘विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी मिलान गरिने छ,उच्च शिक्षामा देखिएको समस्या समाधान गर्न उच्च स्तरीय शिक्षा आयोग गठन गरिनेछ।’ 
उनले संघीय शिक्षा ऐन पनि  पारित गर्ने बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.