|

काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद विस्तार गरेका छन्। उनले नेपाली कांग्रेसबाट चार र नेकपा एकीकृत समाजवादीबाट २ जना मन्त्रीसमावेश गरी मन्त्रिपरिषद् विस्तार गरेका हुन्।

कांग्रेसबाट मसिना खड्का भण्डारी वन तथा वातावरण, पुकार महर्जन पर्यटन उद्योग तथा सहकारी, उत्तम जोशी स्वास्थ्य मन्त्री बनेका छन्। कांग्रेसकै रामकृष्ण चित्रकार विना विभागीय मन्त्री बनेका छन्। मन्त्रालयको संख्या १० वटा मात्रै भएपछि चित्राकारलाई विना विभागीय मन्त्री बनाइएको हो। 

एकीकृत समाजवादी पार्टीका सांसद कृष्ण प्रसाद खनालले बजेटपछि मन्त्रालयको संख्या बढाउने तयारी स्वरूप चित्राकारलाई विना विभागीय मन्त्री बनाइएको जानकारी दिए। 

‘एउटा मन्त्रालय नपुगेर एक जनालाई विना विभागीय राखिएको छ। बजेटको अवस्था र कार्यभारको अवस्था हेरेर एउटा मन्त्रालय थपिन्छ,’ उनले थाहाखबरसँग भने। 

नेकपा एकीकृत समाजवादीबाट लक्ष्मण लम्साल श्रम, रोजगार तथा यातायात मन्त्री र राजेन्द्रमान श्रेष्ठ कृषि तथा पशुपंंक्षी विकास मन्त्री बनेका छन्। 

नवनियुक्त मन्त्रीहरूलाई अहिले केहीबेरमा सपथ ग्रहण गराइने तयारी गरिएको छ । बागमतीमा गत पुस २५ गते माओवादी केन्द्रका जम्कट्टेल नेकपा एमाले र राप्रपाको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.