|

काठमाडौं : रातो मच्छिन्द्रनाथको रथजात्रा अन्तर्गत जेठ ११ गते बिहीबार भोटो प्रदर्शन गरिँदै छ। सञ्चालनमा महिलाको प्रमुख भूमिका हुन्छ। तर गुठी संस्थान शाखा कार्यालय ललितपुरका प्रमुख भए पनि लछुना शर्मा काफ्लेले भोटो प्रदर्शन गर्न पाउने छैनन्। 

गोरखापत्र दैनिकमा समाचार छ, जाति, सम्प्रदाय वा वर्णका कारण भोटो प्रदर्शन गर्न उनी भोटो प्रदर्शन गर्नबाट वञ्चित भएकी होइनन्। महिला भएकै कारण उनले त्यो अवसर नपाउने भएकी हुन्।

कर्कोटक  नागको बास रहने भएकाले रातो मच्छिन्द्रनाथको रथमा महिला चढ्न नहुने परम्परा छ। रातो मच्छिन्द्रनाथको भोटो संस्थानको ललितपुर शाखा प्रमुखले प्रदर्शन गर्ने परम्परादेखिकै चलन हो। शाखा प्रमुख भएर पनि रथमा चढ्न नपाउँदा उहाँले यो अवसर गुमाउनुपर्ने भएको छ। 

‘सबैका सामु भोटो प्रदर्शन गर्न पाउने अवसर रहँदा रहँदै पनि महिला भएकै कारण त्यो अवसर गुमाउनुपर्ने अवस्था आएको छ’, काफ्लेले भनिन्, ‘रथमा जबर्जस्ती चढ्न खोज्दा विवाद हुन्छ। विवाद किन गर्नु भनेर इच्छा मार्नुपर्ने अवस्था आयो।’ 

महिलाले भोटो देखाउन नपाउने भएपछि कार्यालय प्रमुख काफ्लेको सट्टामा सोही कार्यालयका लेखापाल पवन आचार्यलाई सो जिम्मेवारी प्रदान गरिने भएको छ।
रथलाई जावलाखेल पुर्‍याइएको चौथो दिनमा भोटोजात्रा गर्ने चलन छ।किसानको विवादित भोटोको प्रमाण लिएर आउनेलाई सो दिएर पठाउने मान्यता अनुरूप भोटो प्रदर्शन गर्ने चलन छ। त्यस दिन ललितपुरको बुङ्मतीमा सुरक्षा दिएर राखिएको रातो मच्छिन्द्रनाथको भोटो कडा सुरक्षा व्यवस्थासाथ जावलाखेलमा ल्याइन्छ र भोटो प्रदर्शन गरी जात्रा सम्पन्न गरिन्छ। जात्रा सम्पन्न भइसकेपछि भोटोलाई पट्याएर पुनः बुङमती नै लगिन्छ।

यो शाखामा हालसम्म दुई जना महिला प्रमुख बनिसकेका छन्। दुई वर्षअघि खिमा वली कार्यालय प्रमुख थिइन्। त्यसवेला पनि महिलाले भोटो प्रदर्शन गर्न पाउनुपर्छ भनेर कार्यालय प्रमुख वलीले शताब्दीपुरुष सत्यमोहन जोशी, ज्यापू समाजलगायतले पहल गरेका थिए।

त्यो वेला कोभिड–१९ का कारण पुल्चोकमा निर्माण गरिएको रातो मच्छिन्द्रनाथको रथ केही परसम्म तानेर जात्रा सम्पन्न गर्नुपरेको थियो। त्यसैले त्यो वर्ष भोटो जात्रा नै आयोजना गरिएन। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.