|

काठमाडौं : लेखनका विविध विधामा कलम चलाउँदै आएका पुराना गायक हिरण्य ‘भोजपुरे’ आफ्नो नवीन आख्यान कृतिका साथ पाठकहरु माझ आइपुगेका छन्।

पब्लिकेशन नेपालयबाट प्रकाशित भोजपुरेको पुस्तक ‘मुसुक्क म’पुस्तक पसलमा उपलब्ध छ।

एक सय ८ वटा लघुकथाहरुको यो संग्रहका अधिकांश कथाहरु एउटापानामै सकिएका छन्। अझ कतिपय त एक दुइ अनुच्छेदमै अभिब्यक्त भएका यी कथाहरुकोसिंगो संग्रह एक बसाइँमै पढिसकिने हिसाबले तयारभएको छ। डेढ सय पृष्ठको पुस्तकलाई तीन सय ५५ रुपैयाँ मूल्य राखिएको छ।

नेपाली संगीतको फाँटबारे जानकारी राख्नेहरुका लागि हिरण्य ‘भोजपुरे’ परिचित नाम हो। साढे पाँच दसकअघि नेपालमा केहि तन्नेरीहरु मिलेर सांगीतिक समूह ‘लेकाली’ जन्माएका थिए।

त्यसमा विशेषगरि भोजपुरेबाहेक गणेश ‘रसिक’ रपछि भोजपुरेकै श्रीमती निर्मला श्रेष्ठ लगायतको उपस्थिति थियो।

भोजपुरकै ट्याम्के डाँडाको ओतमा जन्मे हुर्केका भोजपुरे ररसिकले ‘लेकाली’मार्फत् दिएको योगदानबाट आजसम्म पनि नेपाली संगीत प्रभावित छ।उनीहरुले विशेषगरि लोक र आधुनिक नेपाली संगीतको माध्यमबाट आफ्नैखाले स्वाद विकास गरेका थिए।

भोजपुरेको सिर्जनशिलता भने पिताको जागिरका सिलसिलामा मकवानपुरतिर रहँदा उनले २०२२ सालमा लेखेको ‘छहराको गीत’बाट सुरु भएको थियो। त्यसको शब्द थियोः

मलाई प्यारो लाग्छ, मलाइ राम्रो लाग्छ

लहरा पहरा छहराको देश

पारि पारि हिमालमा उडिरहने

बादलुको केश, मेरो देश

आफैँले संगीत दिएर गाएको भोजपुरेको यो गीत राष्ट्रिय भावनाका नेपाली गीतहरूमाझ अजम्बरी मानिन्छ।

यसरी नेपाली साहित्यमा गीतकारका रुपमा उदाएका भोजपुरेले कालान्तरमा कविता, कथा, उपन्यास र बाल साहित्यजस्ता विविध विधामा थुप्रै पुस्तक दिइसकेका छन्। यसपटक भने उनी लघु कथाकारका रुपमा पाठकमाझ उपस्थित भएका हुन्।

'बाइरोडको बाटोमा धुलो उडाउँदै’का यी सर्जक आफू वरपरको परिवेशलाई सरल र रोचकशैलीमा वर्णन गर्न सिपालु छन्। उमेरको उत्तरार्धमा पनि साथीसंगत बीच रमाइलोगरिरहनुपर्ने स्वभावका भोजपुरेले आफ्नो त्यहि गुण झल्कने हिसाबले जीवनका साना सानाभोगाइहरुबाट निस्कने भावलाई यी लघुकथाहरुमा अभिव्यक्त गरेका छन्। आख्यान भइकन पनिपढिरहँदा कतिपय भोगाइ उनको आफ्नै हुन् भनेर बुझ्न पनि सकिन्छ।

‘जुन बखत जस्तो घटनाले जसरी झस्का दिन्छ त्यसको चस्का नै मेरोमनको बुनोट बन्छ,’ भोजपुरे यी लघुकथाहरुको रचना बारेमा भन्छन्, ‘मानवीय भावानुभूतिमा रम्नु र त्यहि कुराआफुलाई स्वान्त सुख दिने लेखनमा उतार्दा उतार्दै यो पुस्तक तयारभएको हो।’

दुई विषयमा उतिबेलै स्नातकोत्तर भोजपुरे लामो समय सरकारी सेवामापनि संलग्न रहे। तर, उनको पहिचान भने साहित्य र संगीतको समानान्तर साधनामै स्थापित छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.