|
फाइल तस्वीर

काठमाडौं : राजधानीमा जारी एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा भारतले उज्वेकिस्तानलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा भारतले उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा पुगेको हो। 

भारतले पहिलो सेट २५–१७, दोस्रो सेट २५–२०, तेस्रो तथा अन्तिम सेट २५–१५ ले जितेर फाइनल प्रवेश गरेको हो। 

भारतले फाइनलमा नेपाल र कजाकस्तानबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। फाइनल यही जेठ १४ गते आइतबार हुनेछ।

नेपाल र कजाकस्तानबीचको दोस्रो सेमिफाइलन खेल शुक्रबार बेलुकी हुँदैछ। राखेपको विशेष सहयोग तथा नेपाल भलिबल सङ्घको आयोजनामा भइरहेको उक्त प्रतियोगितामा विभिन्न ८ राष्ट्र सहभागी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.