|

पाल्पा : पाल्पाको रैना देवीछहरा गाउँपालिका–८ सत्यवतीस्थित किउरेछेडाँमा भएको जीप दुर्घटनामा मृतकको संख्या चार पुगेको छ। मृतक सबैको पहिचान खुलेको छ। दुर्घटनामा ११ जना घाइते भएका छन् ।

जीपचालक अर्घाखाँचीको पाणिनी गाउँपालिका–१ पडेना बस्ने  २६ वर्षीय रमेश विक, पाणिनी– १ का ५५ वर्षीया श्यामकला परियार, पाणिनी–२ पोखराथोकका २५ वर्षीया सीता गौतम र दुई वर्षीय संयोग गौतम मृत्यु भएको हो।  तीनजनाको घटनास्थलमा र संयोगको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।        

रूपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेना जाँदै गरेको लु१च ९०२४ नम्बरको जीप आइतबार साँझ दुर्घटना भएको थियो।  जीप सडकबाट करिब ७० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए। 

घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर छ। पाँचजनाको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा, दुई जनाको चौराहा अस्पताल बुटवल र चारजनाको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.