|

काठमाडौं : अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौँ सम्मेलन थाइल्याण्डमा सम्पन्न भएको छ। विश्वभरका तामाङहरूको साझा संस्था परिषद्को आइतबार सम्पन्न पाँचौँ सम्मेलनले थाइल्याण्डकी चम्पाडोल्मा बोम्जन लामालाई अध्यक्ष चयन गरेको छ। 

यस्तै सम्मेलनले महासचिवमा टासी लामा तामाङ (नेपाल), उपमहासचिव लक्यान लामा (अमेरिका), सचिवहरुमा रामप्रसाद तामाङ (भारत), शुभराज बम्जन तामाङ (दक्षिण कोरिया), बुदुमाया योन्जन तामाङ (रोमानिया) र कोषध्यक्षमा हवाल चन्द्र लामा तामाङ (जपान)लाई सर्वसम्मत चयन गरेको छ। 

थाइल्याण्डको हुहाइन शहरमा भएको सम्मेलनले संशोधित विधान पारित गर्दै आगामी कार्यसमितीलाई महासचिव कार्यकारी रहने व्यवस्था गरेको छ। अध्यक्ष भने आयोजक संस्थाको नै पदेन हैसियतमा रहने व्यवस्था गरेको हो । यसअघि १७ जनाको कार्यसमितिको संख्या पनि घटाएर सातजनामा झारिएको नवनिर्वाचित महासचिव टासी लामाले जानकारी दिए । 

अन्तर्राष्ट्रिय तामाङ परिषदको पहिलो सम्मेलन सन् २००२ मा नेपालमा भएको थियो । त्यसयता पालैसँग नेपाल र भारतले आयोजना गर्दै आएकोमा यो पटक पाँचौँ सम्मेलन थाइल्याण्डले आयोजना गरेको हो। सम्मेलनमा नेपालका करिब डेढ सय जना, भारत, भुटान, बर्मा, थाईल्याण्ड गरी स्थायी देश, अमेरिका, अष्ट्रेलिया, जापानलगायतका आवासीय देश र युरोपेली तथा खाडी मुलुकमा रहेका तामाङहरूको संस्थाबाट प्रतिनिधि सहभागी थिए।

अन्तर्राष्ट्रिय तामाङ परिषद्ले विश्वका तामाङहरूको भाषिक, धार्मिक र सांस्कृतिक एकतामा जोड दिदै गतिविधि गर्दै आएको छ । 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.